पिताले नै गराउँथ्यो नानीहरूबाट चोरी, दुई नाबालिक सहित तीनजनालाई समातियो
पिताले नै गराउँथ्यो नानीहरूबाट चोरी, दुई नाबालिक सहित तीनजनालाई समातियो


नयाँ दिल्ली, 24 फरवरी (हि.स.)। मध्य जिल्लाको जामा मस्जिद थाना पुलिसले विदेशी नागरिकबाट 7200 अमेरिकी डलर चोरी गरेको मामिलाको खुलासा गर्द दुईजना नाबालिक दाज्यु-भाइ र उनीहरूको पितालाई पक्राउ गरेको छ। पुलिसले कारबाही गर्दै 98.36 प्रतिशत रकम हात पारेको छ।

मध्य जिल्लाका पुलिस उपायुक्त अनन्त मित्तलले मंगलवार बताए, गत 15 जनवरी, 2026-मा एकजना उज्बेकिस्तान निवासी विदेशी नागरिकको सिकायतमा ई-एफआईआर दर्ता गरिएको थियो। तिनी आफ्नी नाबालिक छोरीको क्यान्सरको अपरेशनको सिलसिलामा गुरूग्राम आएका थिेए। घुम्न र किनमेल गर्नका लागि तिनी आफ्नो परिवारसित जामा मस्जिद बजारमा गएका थिए। होटलमा विदेशी मुद्रा छोड़्नदेखि बच्नका लागि उनले 7200 अमेरिकी डलर (100-100 डलरको 72 वटा नोट) स्लिंग ब्यागमा राखेर ल्याएका थिए। बजारमा अज्ञात मानिसहरूले उनको ब्यागबाट पैसा चोरी गरे। मामिलाको संवेदनशीलतालाई मध्यनजर गर्दै एक विशेष टीम गठन गरियो।

सीसीटीभी फुटेज, तकनिकी निगरानीको माध्यमबाट दुईजना संदिग्ध किशोरहरूको पहिचान न्यू सिलमपुर निवासी 15 वर्षीय र 13 वर्षीयको रूपमा भयो। त्यसपछि छापा मारेर ती दुवैलाई समातियो। जाँचमा खुलासा भयो, दुवै किशोरले आफ्ना पिताको इशारामा चोरी गर्दै आएका थिए। पिता नै मास्टरमाइण्ड थिए जसले नानीहरूबाट चोरी गराएर चोरीको पैसा आफूसित राख्थ्यो ताकि प्रत्यक्ष रूपमा पक्राउ हुनदेखि बच्न सकियोस्। पुलिसले आरोपी पितालाई पनि पक्राउ गऱ्यो। पुलिसले मामिलाको अग्रिम कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande