थौबल तथा चँदेल जिल्लाबाट प्रचुर मात्रामा हतियार एवं विस्फोटक जफत
थौबल तथा चँदेल जिल्लाबाट प्रचुर मात्रामा हतियार एवं विस्फोटक जफत


इम्फाल, 24 फरवरी (हि.स.)। मणिपुरको चँदेल एवं थौबल जिल्लामा पछिल्लो 24 घण्टाभित्रमा सुरक्षा बल एवं पुलिसको संयुक्त खोजी अभियानमा भारी मात्रामा हतियार एवं विस्फोटकहरू जफत गरिएको छ।

मणिपुर पुलिस मुख्यालय अनुसार सुरक्षा बलहरूले चँदेल जिल्लाको चकपिकरोंग थाना अन्तर्गत एल. मोल्होई गाउँबीचको सामान्य क्षेत्रबाट भारी मात्रामा हतियारको भण्डार जफत गरे जसमा मुख्य रूपमा खाली म्यागजिनसितै एउटा जी-3 राइफल, देश निर्मित तीन वटा लेथोड बन्दुक, दुई वटा सिंगल ब्यारल बन्दुक, तीन वटा स्थानीय निर्मित पोम्पी गोला, चार वटा पोम्पी बन्दुक, खाली म्यागज़िनसितै दुई वटा कार्बाइन्, दुई वटा म्यागजिन पाउच, एके राइफलको 7.62 मिमी जीवित 55 राउण्ड, आठ वटा बाओफांग रेडियो सेट औ एउटा कभरसितै खञ्जर सामेल छन्।

अर्कोतिर सुरक्षा बलहरूले थौबल जिल्लाको खोंगजोम थाना अन्तर्गत टेंथा एरेल चिंगबाट एउटा एसएमजी कार्बाइन एउटा म्यागज़िनसितै, तीन वटा बोल्ट एक्शन राइफल, दुई वटा एसबीबीएल, एउटा .32 पिस्तोल म्यागजिनसितै, एउटा .32 लाइभ राउण्ड, एउटा 9 मिमी खाली कारतूस र तीन वटा हेलमेट जफत गरेका छन्। सुरक्षा बलहरूको कारबाही अवधि कसैलाई पनि पक्राउ गरिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande