
इम्फाल, 24 फरवरी (हि.स.)। राज्यको सेनापति जिल्लाको सेनापति थाना अन्तर्गत टी खुल्लेन नाकामा जाँच गर्ने क्रममा पुलिसले 840 ग्राम मादक पदार्थ हेरोइनसितै एक जना व्यक्तिलाई पक्राउ गरेको छ।
पुलिस राज्य अनुसार सुरक्षा बलहरूले टी खुल्लेन नाका चेक पोस्टमा एउटा चार चक्के वाहनलाई रोकेर जाँच गरे। जाँचमा वाहनभित्र राखिएको प्लास्टिक कभरको वजनसितै 840 ग्राम हेरोइन पाउडर भेटियो। त्यसपछि पुलिसले वाहन चालक अबु मोहम्मद ताहिर (28)-लाई पक्राउ गऱ्यो। ताहिर मूल रूपमा असमको करिमगञ्जको खोला पार्ट-1को निवासी रहेको बताइएको छ। पुलिसले उबाट बोलेरो वाहन र त्यसको चाबी, एउटा मोबाइल फोन जफत गऱ्यो। पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा