
सिलगढ़ी, 24 फरवरी (हि.स)। दार्जीलिङ जिल्लाको नक्सलबाड़ी थाना परिसरमा मंगलवार बिहान आगो लागेको कारण कोकोहोलो मचियो। आगो थानाको पछिल्लो भागमा अवस्थित परित्यक्त क्षेत्रमा लागेको हो जसले हेर्दा-हेर्दै त्यहाँ रहेको जफत गरिएका मोटरसाइकलहरूलाई आफ्नो चपेटमा लियो। प्रत्यक्षदर्शीहरू अनुसार थाना परिसरबाट धुँवा निक्लिरहेको देखियो जसपश्चात अचानक आगो द्रूत गतिमा फैलियो। घटनापछि क्षेत्रमा खैलाबैला शुरू भयो।
पुलिसकर्मी तथा स्थानीय मानिसहरूले मिलेर आगोलाई निभाउने चेष्टा गरे। अर्कोतिर सूचना पाउनसाथ दमकलको एउटा वाहन पनि घटनास्थलमा आयो जसले घण्टौं परिश्रम गरेर आगोलाई नियन्त्रित गऱ्यो।
आगको चपेटमा परेर केही जफत गरिएका मोटरसाइकलहरू पूर्ण रूपले जलेर नष्ट भएका छन्। राहतको कुरा के रह्यो भने थाना परिसरका दुवै तिर स्कूल र अस्पताल अवस्थित छ, तर समयमै आगोलाई नियन्त्रण गरिएको कारण ठूलो दुर्घटना हुनदेखि बच्यो। हाल आगलागीको कारण पत्तो लगाउन जाँच गरिँदैछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा