कार ठगीको आऱोपमा एक पक्राउ
कार ठगीको आऱोपमा एक पक्राउ


गुवाहाटी, 24 फरवरी (हि.स.)। गुवाहाटीको दिसपुर पुलिसले ठगीको आरोपमा एक कुख्यात अपराधीलाई पक्राउ गरेको छ। पुलिसले मंगलवार जानकारी दिएको छ कि गाड़ी भाड़ामा लिएर बेच्ने एक कुख्यात अपराधीलाई पक्राउ गरिएको छ।

पक्रा परेको अभियुक्तको पहिचान आठगाउँको रुपज्योति दासको रूपमा गरिएको छ। अभियुक्तले दिएको जानकारीको आधारमा पुलिसले 11 वटा सवारी साधन जफत गरेको छ। अभियुक्तले मानिसहरूबाट गाड़ी भाड़ामा लिएर असम र अरुणाचल प्रदेशमा बेच्नेगर्थ्यो। यस सम्बन्धमा दर्ता भएको उजुरीको आधारमा पुलिसले सघन सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande