मन्दिरमा चोरीकाण्डः एकजना आरोपी पक्राउ
मन्दिरमा चोरीकाण्डः एकजना आरोपी पक्राउ


गुवाहाटी, 24 फरवरी (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिसले मन्दिरमा भएको चोरी मामिलामा एकजना चतुर चोरलाई पक्राउ गरेको छ। टीमले श्री श्री शिव अनि शनि हनुमान मन्दिर पतारकुचीमा ग्रिलको गेट भत्काएर दानपेटीबाट चोरी गरेको मात्र 10 घण्टाभित्रमा आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीले मन्दिरबाट लगभग 12,000 रुपियाँ चोरी गरेको थियो।

आरोपीको पहिचान नलबाड़ी निवासी मोहम्मद रौशन अली उपनाम नानू (39) को रूपमा गरिएको छ जसबाट 5,020 रुपियाँ र अपराध गर्दा प्रयोग गरेको फलामको रड जफत गरिएको छ। पहिलाबाटै दर्ता प्राथमिकीको आधारमा कानूनी कारबाही शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande