सिलचरमा 2,025 लीटर अवैध मदिरा जफत, तीन पक्राउ
सिलचरमा 2,025 लीटर अवैध मदिरा जफत, तीन पक्राउ


गुवाहाटी, 24 फरवरी (हि.स.)। सठीक गुप्त सूचनाको आधारमा कारबाही गर्दै सिलचर पुलिसले एउटा ट्रकबाट 2,025 लीटर अवैध भारत निर्मित विदेशी मदिरा (आईएमएफएल) जफत गरेको छ। पुलिसले यस अवधि 222 कार्टन मदिरासितै तीन जना आरोपीहरूलाई पनि पक्राउ गऱ्यो।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडियाको माध्यमबाट यस कारबाहीको सराहना गर्दै आज भने, राज्यमा अवैध मदिराको कारबारी विरूद्ध सरकारको अभियान लगातार जारी छ। उनले स्पष्ट पारे, तस्कर सक्रिय हुनसक्छ, तर कानून उभन्दा पनि अधिक कड़ा अनि सतर्क छ।

यो अभियान असम पुलिस औं कछार पुलिसको संयुक्त प्रयासमा संचालन गरिएको हो। पुलिसले ट्रकलाई सिलचरको एक रणनीतिक स्थानमा रोकेर जाँच गऱ्यो जसमा प्रचुर मात्रामा अवैध मदिरा भेटियो।

पुलिसले मामिलाको विस्तृत जाँच कर गरिरहेको छ ताकि मदिराको श्रोतर गन्तव्यसितै यस गिरोहसित जोड़िएका अन्य सदस्यहरूलाई पहिचान गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande