
झाड़ग्राम, 24 फरवरी (हि. स.)। पाथरा क्षेत्रमा एक जना सातौं कक्षाका छात्रको शव एउटा रूखको हाँगामा गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। घटनाको कारणले क्षेत्रमा व्यापक कोकोहोलो मचियो। मृतकको पहिचान सोहम महतो (13)-को रूपमा भएको छ जो पथरा जयचण्डी एससी हाई स्कूलको छात्र थियो।
परिवार सूत्र अनुसार बितेको सोमवार सोहम सामान्य रूपमा कोचिंग सेन्टर गएको थियो। त्यहाँ प्रार्थनामा सामेल भएपछि उसले दुई वटा कक्षा पूरा गऱ्यो अनि अपरान्ह कक्षाबाट बाहिरियो। साँझ परेपछि पनि अबेरसम्म घर नफर्किएको कारण परिवारले उसलाई खोज्न थाल्यो। व्यापक खोजीपछि कोचिंग सेन्टरदेखि लगभग 200 मीटर टाड़ा एक सुनसान बगानमा एउटा रूखको हाँगामा झुण्डिरहेको उसको शवलाई स्थानीय मानिसहरूले देखे। सूचना पाए लगत्तै परिवारका सदस्यहरू घटनास्थलमा पुगे अनि बालकलाई यस्तो अवस्थामा देखेर स्तब्ध भए।
घटनाको सूचना पाएर सांकरेल थानाको पुलिस घटनास्थलमा पुग्यो। शवलाई कब्जामा लिएर पुलिसले पोस्टमर्टम गर्नको लागि झाड़ग्राम मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।
स्थानीय मानिसहरूले बताए, सोहमको घर जामशोला गाउँमा छ र उ पाथरामा आफ्नो मामाको घरमा बसेर पढ़िरहेको थियो। परिवारका सदस्यहरू अनुसार सोहम मिलनसार तथा हँसिलो स्वभावको थियो।
सोमवार अबेर साँझ पुलिसले घटनाको पुष्टि गर्दै बतायो, मामिला आत्महत्याको हो र यसको पछाड़ी अन्य कारण लुकेको छ जसको हरेक पाटो अनि पक्षको जाँच गरिँदैछ। पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट र वरपरका मानिसहरूसित जाँचबुझको आधारमा अग्रिम कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा