कोलकाता पुलिसले महिलाहरूको लागि आयोजना गऱ्यो 'तेजस्विनी' कार्यशाला
कोलकाता पुलिसले महिलाहरूको लागि आयोजना गऱ्यो 'तेजस्विनी' कार्यशाला


कोलकाता, 24 फरवरी (हि.स.)। कोलकाता पुलिसले मंगलवार बिहान महिलाहरूको लागाि 'तेजस्विनी' कार्यशालाको आयोजन गऱ्यो। पुलिस एशलेटिक क्लबमा कोलकाता पुलिसको पहलमा आयोजित सो कार्यशालामा महिलाहरूलाई आत्मसुरक्षा तथा सेफ्टीको ट्रेनिंग दिइयो। यस्तो कार्यशाला पहिला पनि आयोजना गरिएको थियो जसमाथि उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो।

'तेजस्विनी' कार्यशालाको बारेमा कोलकाता पुलिस कमिश्नर सुप्रतिम सरकारले भने, यो कार्यशाला यसकारणले आयोजना गरिएको हो, किनभने केही मानिसहरूले सड़कमा वा कुनै पनि ठाउँमा महिलाहरूलाई जिस्काउने, सताउने गर्दछन्। यस्तो स्थितिमा महिलाहरूले सेल्फ डिफेन्स कलालाई प्रयोग गरी आफ्नो सुरक्षा गर्नसक्दैनन् जसको फलस्वरूप उनीहरूले आफूलाई विवश महसूस गर्दछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande