
मुर्शिदाबाद, 24 फरवरी (हि.स.)। फरक्काको नेशनल हाइवे नम्बर- 12 स्थित खैराकांडी चौरस्तामा मंगलवार बिहान तीन वटा ट्रकहरू आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा एकजना ड्राइभर र खलासी घाइते भए।
सूत्र अनुसार बरहमपुरदेखि मालदा जाँदै गर्दा एउटा ट्रकले नियन्त्रण गुमाएर अर्को खड़ा ट्रकलाई ठक्कर दियो भने दोस्रो ट्रकले तेस्रो ट्रकलाई ठक्कर दियो जसले गर्दा ट्रक ड्राइभर र खलासी गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले घाइतेहरूलाई बाहिर निकालेर अस्पतालमा पुऱ्याए। दुर्घटनापछि नेशनल हाइवेमा केही समयसम्म ट्राफिक जाम भयो।
प्रत्यक्षदर्शीहरू अनुसार ठक्कर लागेपछि ट्रकको अघिल्लो र पछिल्लो भाग बाङ्गियो। यस घटको कारणले फरक्कामा खैराकांडी चौरस्ता संलग्न नेशनल हाइवे नम्बर 12 मा भारी ट्राफिक जाम लाग्यो। दुर्घटनाको सूचना पाएर फरक्का थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले ट्रकहरूलाई हटाएर यातायातलाई सामान्य बनायो। फरक्का पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा