
कोलकाता, 24 फ़रवरी (हि.स.)। मंगलवार सबेरै कोलकाता, उत्तर औ दक्षिण 24 परगना, मेदिनीपुर, हुगली सहित दक्षिण बंगालका कतिपय क्षेत्रहरूमा मेघ गर्जनसितै वर्षा शुरू भयो।
मंगलवार भोर लगभक साढ़े चार बजी वर्षा शुरू भएको थियो। कोलकाताका विभिन्न भागहरूमा मध्यम वर्षा भयो तथापि यो धेरबेरसम्म टिकेन। शुरूमा मध्यम तीव्रताको वर्षा भयो, तर समयसँगसँगै यो हल्का हुँदै गएर अन्ततः रोकियो। पानी पर्दा मेघको गर्जन तथा तीव्र हावा पनि सँगै आयो। महानगरसँगसँगै दक्षिण बंगालका कतिपय क्षेत्रहरूमा छरिएको वर्षा भयो। वर्षा रोकिएपछि तीव्र हावा चल्ने सम्भावना कायम रह्यो।
तीव्र हावासितै भएको वर्षाले हुगली लगायत केही जिल्लाहरूमा आँपको फूल झऱ्यो। उत्तर 24 परगनाको सन्देशखाली-1 ब्लकको बेड़मजुर-1 ग्राम पञ्चायत क्षेत्रमा कलागाछी नदीको बाँध धसियो जसबाट लगभग 50 फुट भाग ध्वस्त भएको छ।
मौसम विभाग अनुसार बंगालको खाड़ीदेखि माथि विकसित निम्न दबाव क्षेत्रको प्रभावले राज्यमा वर्षा भइरहेको छ। विभागको भनाइ छ, यस साता कोलकाता सहित दक्षिम बंगालमा छरिएको वर्षा अनि हुरी चल्ने सम्भावना कायम रहनेछ। दक्षिणका लगभग नौ वटा जिल्लाहरूमा पानी पर्नसक्छ।
सोमवार र मंगलवारको लागि दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर औ झाड़ग्रामको लागि अलग्गै यल्लो अलर्ट जारी गरिएको छ। दक्षिण बंगाल मात्र नभेर उत्तर बंगालमा पनि हुरी-बतास आउने सम्भावना छ। जलपाईगुड़ी, दार्जीलिङ र कालेबुङका केही भागहरूमा पनि पानी पर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा