हात्तीहरूको आतङ्कबीच खोलियो आँगनबाड़ी केन्द्र
हात्तीहरूको आतङ्कबीच खोलियो आँगनबाड़ी केन्द्र


झाड़ग्राम, 24 फरवरी (हि.स.)। जंगलमहल क्षेत्रस्थित झाड़ीहरूले घेरिएका गाउँहरूमा हात्तीहरू ओहोर-दोहोर गरिरहने खतरा यथावत छ। तथापि झाड़ग्राम जिल्लाको लभकुश गाउँमा वर्षौंदेखिकै आँगनबाड़ी (आईसीडीएस) केन्द्र खुल्ला आकाश मुनि नैन संचालन हुँदै आइरहेको छ।

प्राप्त जानकारी अनुसार, स्थायी भवन नभएको कारणले बाल-बालिकाहरूका माता-पिताहरू उनीहरूलाई वर्षा वा गर्मीमा केन्द्रमा पठाउन डराउँछन्। डरले गर्दा कतिपय परिवारहरू घरबाटै टिफिन बक्स बोकेर नानीहरूलाई आँगनबाड़ी केन्द्रमा लिएर आउँछन्। केन्द्रमा 28 जना नानीहरू र 4 जना गर्भवती महिलाहरू छन्।

शिक्षिका देबराती सहिसले बताइन्, अन्य केन्द्रहरूमा भवन, भान्सा घर र शौचालय छ, तर हाम्रो केन्द्रमा केही पनि छैन। नानीहरूको सुरक्षा अनि हात्तीहरूको डरलाई मध्यनजर गर्दै यहाँ स्थायी भवनको ठूलो खाँचो छ।

मंगलवार आईसीडीएसका जिल्ला कार्यक्रम अधिकारी तापस कुमार मण्डलले भने, यदि ग्रामीणहरूले दुई कट्ठा भूमि केन्द्रलाई उपलब्ध गराए आगामी 6 महिनाभित्रमै आधुनिक भवन बनाउन सकिन्छ। झाड़ग्राम ब्लक तृणमूल अध्यक्ष नरेन महातोले पनि केन्द्रको भवन निर्माण गर्नको लागि जमीन दिने तयारी भइरहेको बताएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande