
गान्तोक, 24 फरवरी (हि.स.)। सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादले आज सिक्किम कोअपरेटिभ मिल्क प्रोड्युसर्स युनियन लिमिटेड (सिकन) भ्रमण गरे। राज्यपालसॅंग सिकनका अध्यक्ष मंगलजित राई, मुख्य सम्पर्क अधिकारी गोपाल पाठक पनि सामेल थिए।
भ्रमणका क्रममा पूर्व राज्यपालले सिकनका अधिकारीहरू र कर्मचारीहरूसॅंग अन्तरक्रिया गर्दै संस्थाका विविध गतिविधिहरूको बारेमा जानकारी लिए। उनले दूध खरिद र प्रशोधन, दुग्ध किसानहरूलाई प्रदान गरिएको सेवा, पूर्वाधार विकास र राज्यभरका सहकारी दूध संस्थाहरूको समग्र कार्यप्रणालीको बारेमा जानकारी लिए। यसैगरी, उनले संघको वर्तमान सञ्चालन स्थिति, चलिरहेको विकास पहलहरू र दुग्ध क्षेत्रलाई सुदृढ पार्ने र दूध उत्पादकहरूको जीविकोपार्जन बढाउने उद्देश्यले भविष्यका योजनाहरूको बारेमा पनि जानकारी लिए।
सिकनका अधिकारीहरूले पूर्व राज्यपाललाई हालसम्म हासिल गरेका प्रगतिको बारेमा जानकारी गराए। अधिकारीहरूले विभिन्न कार्यक्रम र योजनाहरू अन्तर्गत सञ्चालन भइरहेका प्रमुख पहलहरूका साथै यस क्षेत्रमा सम्बोधन भइरहेका चुनौतीहरूमाथि प्रकाश पारे।
पूर्व राज्यपालले सिकननको निरन्तर वृद्धि र सफलताको लागि शुभकामना व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल