
मेदिनीपुर, 24 फरवरी (हि.स.)। जिल्लाको केलेघाई नदी किनारमा अवैध पोस्ता खेतीको विरोधमा पुलिसले अभियान संचालन गऱ्यो।
गुप्त सूत्रबाट प्राप्त जानकारीको आधारमा पूर्व मेदिनीपुर जिल्लाको पोटाशपुर-एक ब्लकमा संयुक्त रूपमा यो मादक विरोधी अभियान संचालन गरियो। अभियानको क्रममा केही बिघा जमीनमा उत्पादित पोस्ताको फसललाई नष्ट गरियो भने घटनास्थलबाट लगभग 140 किलो पोस्ता जफत गरियो। मंगलवार पुलिस सूत्रबाट थाहा लाग्यो, जफत गरिएको काँच माललाई तस्करी गर्ने उद्देश्यले राखिएको थियो।
विशेषज्ञहरू अनुसार पोस्ताको बिरूवाबाट अफिम बनाइन्छ जुन एक प्रतिबन्धित मादक पदार्थ हो। अनुमान छ, एक बिघा जमीनमा पोस्ताको खेती गरेर प्रचुर मात्रामा पैसा कमाउने सम्भावना रहेको कारण केही असामाजिक व्यक्तिहरू यस अवैध खेतीमा सामेल भइरहेका छन्।
वरिष्ठ जिल्ला पुलिस अधीक्षक मिथुन कुमार देले भने, मादक विरोधी अभियान चलाएर केही बिघा अवैध पोस्ताको खेतीलाई नष्ट गरियो। मामिलाको जाँच शुरू गरिएको छ। यसको साथै सम्बन्धित मानिसहरूविरूद्ध कानूनी कारबाही गरिनेछ। पुलिसले भन्यो, भविष्यमा यस किसिमको अभियानलाई तीव्रता दिइनेछ ताकि क्षेत्रमा अवैध मादक तस्करी नबढ़ोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा