रङ्ग-बिरङ्गी ट्युलिपले लोकभवनको सुन्दरतामा आकर्षण थप्दै
रङ्ग-बिरङ्गी ट्युलिप


रङ्ग-बिरङ्गी ट्युलिप


रङ्ग-बिरङ्गी ट्युलिप


गान्तोक, 24 फरवरी (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले लोकभवन सिक्किम परिसरमा फूलेका रङ्ग-बिरङ्गी ट्युलिपको अवलोकन गरेर खुशी व्यक्त गरेका छन्। लोकभवन सिक्किम परिसर हाल रङ्ग-बिरङ्गी ट्युलिप फूलले सुसज्जित भएर अझ मनमोहक देखिएको छ।

लोकभवन अनुसार, ट्युलिपको फूलले सजिएको लोकभवन यस समयमा आकर्षणको एक अद्वितीय केन्द्र बनेको छ। राज्यपालले भने, 'ट्युलिप सौन्दर्यको मात्र प्रतीक होइन, यसले सिक्किमका मानिसहरूको संकल्पशक्तिको पनि प्रतिनिधित्व गर्दछ। नीदरल्याण्ड मूलका यी रातो, गुलाबी, सेतो, पहेंलो र सुन्तला रङ्गाका ट्युलिपहरूले लोकभवनको सुन्दरता र चमकलाई नयॉं आकर्षण प्रदान गरेको छ।'

उनले भने, 'लोकभवनमा फूलेका ट्युलिपहरूले यदि प्रतिबद्धता र संकल्पका साथ कुनै पनि कार्य गरियो भने कुनै पनि लक्ष्य असम्भव छैन भन्ने सन्देश दिन्छ।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande