श्रीरामपुरमा प्रधानमन्त्रीको चिट्ठी बोकेर घर-घरमा पुगिरहेको छ भाजपा
श्रीरामपुरमा प्रधानमन्त्रीको चिट्ठी बोकेर घर-घरमा पुगिरहेको छ भाजपा


हुगली, 24 फरवरी (हि.स.)। आगामी विधानसभा चुनाउलाई मध्यनजर गर्दै भारतीय जनता पार्टी (भाजपा)-ले पश्चिम बंगालमा जनसम्पर्क अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा श्रीरामपुर सांगठनिक जिल्ला भाजपा महासचिव औ रिषड़ा नगरपालिकाको 11 नम्बर वार्डकी पार्षद शशि सिंह झा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जारी चिट्ठीलाई बोकेर क्षेत्रको हरेक घरमा पुगिरहेकी छन् साथै उनीहरूसित भाजपाको पक्षमा मतदान गर्ने अपील गरिरहेकी छन्।

भाजपा सूत्र अनुसार यो अभियान पार्टीको त्यस रणनीतिको एक भाग हो जसान्तर्गत केन्द्र सरकारका नीतिहरू, उपलब्धिहरू तथा “परिवर्तन”- को सन्देशलाई सोझै आम मानिसहरूसम्म पुऱ्याइँदैछ। बंगला भाषामा लिखित प्रधानमन्त्रीको चिट्ठीलाई स्थानीय मतदाताहरूसित भावनात्मक सम्बन्ध बनाउन तथा आगामी चुनाउमा भाजपालाई समर्छन दिने उद्देश्यले तयार गरिएको छ।

प्राप्त जानकारी अनुसार यस घर-घर सम्पर्क अभियानको क्रममा पार्टी कार्यकर्ताहरूले मतदाताहरूलाई चिट्ठी दिरहेका छन् तथा केन्द्र सरकारका योजनाहरू जस्तै गरीब कल्याण, आवास, स्वास्थ्य, बुनियादी ढाँचा र महिला सशक्तिकरणमाथि चर्चा गरिरहेका छन्। साथै राज्यमा कथित प्रशासनिक विफलता अनि विकासको आवश्यकतालाई पनि प्रमुखताले उठाइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande