
मेदिनीपुर, 24 फ़रवरी (हि.स.)। पश्चिम बंगालको घाटालमा एक जना 14 वर्षीय छात्राले कथित रूपमा आत्महत्या गरी। मृतकाको पहिचान दिशा पाल (परिवर्तित नाम)-को रूपमा भएको छ जो दाँदीपुर क्षेत्रकी निवासी रहेको तथा स्थानीय उच्च विद्यालयको नवौं कक्षाकी छात्र रहेको बताइएको छ।
स्थानीय सूत्र अनुसार गए सोमवार (23 फरवरी) अबेर राति छात्रालाई आफ्नो कोठामा गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। परिवारजनले तुरून्तै उसलाई तल उतारे, तर त्यसबेलासम्ममा उसको मृत्यु भइसकेको थियो। घटनाबारे सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो। प्रारम्भिक जाँचमा पुलिसले यसलाई आत्महत्याको मामिला मानेर अग्रिम जाँच गरिरहेको छ।
सहपाठीहरूबाट प्राप्त जानकारी मुताविक छात्रा पछिल्लो केही महिनादेखिको एक जना किशोरसितको सम्बन्धलाई लिएर मानसिक तनाउमा थिई। गए सोमवार पनि दुईबीच कुनै कुरालाई लिएर विवाद भएको बताइन्छ। त्यसपछि छात्राले यो कदम उठाई।
अर्कोतिर यो पनि दाबी गरिँदैछ, छात्राले घटनापूर्व आफ्नो मोबाइल फोनमा केही भीडियो रेकर्ड गेरेकी थिई। पुलिसले मोबाइल फोनलाई जफत गरी जाँच गरिरहेको छ ताकि घटनाका कारणहरू स्पष्ट रूपमा पत्तो लगाउन सकियोस्।
स्कूलका प्रधान शिक्षकले घटनाप्रति दुःख व्यक्त गर्दै भने, बिहान सूचना पाउनसाथ उनी छात्राको घरमा पुगे अनि परिवारलाई सान्त्वना दिए। पुलिसले गए समोवार राति नै शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको विस्तृत जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा