20 लाख रूपियाँ मूल्यको गुट्खा जफत
20 लाख रूपियाँ मूल्यको गुट्खा जफत


कामरूप, 25 जनवरी (हि.स.)। राजधानी गुवाहाटीको समीपवर्ती कामरूप (ग्रामीण) जिल्लाको अमीनगाउँमा पुलिसले अभियान चलाएर लगभग 20 लाख रूपियाँ मूल्यको गुट्खा जफत गरेको छ।

पुलिसले बतायो, अमीनगाउँको श्रीनाथ पट्टी क्षेत्रको एक घरमा छापा मार्दा अवैध रूपमा भण्डारण गरिएको लगभग 20 लाख रुपियाँ बराबरको गुट्खा जफत गरियो। पुलिसले यस सम्बन्धमा एफआईआर दर्ता गरेको छ र यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ। पुलिसले यस मामिलामा जाँचको कारण अधिक तथ्यहरूको खुलासा गरेको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande