40 वटा सीटमा नयाँ अनुहारहरूले पाउनेछन् अवसर, मुख्यमन्त्रीले जोरहाटमा गरे घोषणा
40 वटा सीटमा नयाँ अनुहारहरूले पाउनेछन् अवसर, मुख्यमन्त्रीले जोरहाटमा गरे घोषणा


जोरहाट (असम), 25 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार जोरहाटमा घोषणा गर्दै भने, आगामी विधानसभा चुनाउमा 40 वटा सीटहरूमा नयाँ अनुहारहरूलाई प्रत्याशी बनाइनेछ। उनले यो पनि भने, राज्यमा चुनाउ बहाग बिहूभन्दा अगावै सम्पन्न गराउनुपर्छ।

मुख्यमन्त्रीले भने, राज्य सरकारले निर्वाचन आयोगसित अनुरोध गरेको छ, चुनाउ कार्यक्रम यसरी निर्धारण गरियोस् कि बहाग बिहू अगावै मतदानको प्रक्रिया पूराण हुन सकोस् अनि पर्व अवधि कुनै पनि प्रकारको बाधा उत्पन्न नहोस्।

विपक्षलाई लक्षित गर्दै मुख्यमन्त्रीले दाबी गरे, आगामी विधानसभा चुनाउमा कंग्रेसले विपक्षको नेताको दर्जा पनि गुमाउनेछ। उनले भने, विपक्षका नेताको दर्जा पाउनको लागि न्यूनतम पनि 22 वटा सीट हुन आवश्यक छ जसलाई कंग्रेसले हासिल गर्नेछैन।

मुख्यमन्त्रीले यो पनि भने, यदि कंग्रेसले आफ्नो जीत सम्भावित रहेका सीटहरू एजेपी र राइजर दललाई दियो भने कंग्रेस विधानसभामा शून्यमै समेटिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande