
श्रीनगर, 25 फरवरी (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले बुधवार भने, केन्द्रिय मन्त्रीमण्डलद्वारा केरलको लागि यस्तै प्रस्तावलाई स्वीकृत गरिएपछि अब केन्द्र सरकारले राज्यको नाम परिवर्तन गर्ने पश्चिम बंगाल सरकारको मागलाई पनि स्वीकार गर्नुपर्छ। केन्द्रिय मन्त्रीमण्डलले मंगलवार राज्यको नाम परिवर्तन गरेर केरलम राख्ने केरल सरकारको प्रस्तावलाई स्वीकृति दियो। यस स्वीकृतिपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले असन्तोष व्यक्त गर्दै भनिन्, उनको राज्यको नाम बदल्ने प्रस्ताव पछिल्लो लामो समयदेखिकै केन्द्रमा थाँतीमा रहेको छ।
यहाँ एक कार्यक्रममा पत्रकारहरूसित बातचित गर्दै अब्दुल्लाले भने, अन्य राज्यहरूले पनि नाम बदल्ने प्रस्ताव राखेका छन्। यदि पश्चिम बंगाल विधानसभाले राज्यको नाम परिवर्तन गर्ने माग गरिरहेको छ भने केन्द्र सरकारले त्यसलाई स्वीकार गर्नुपर्छ। उनले भने, यदि भविष्यमा जम्मू-कश्मीर विधानसभामा यस्त किसिमको प्रस्ताव ल्याइयो भने केन्द्रले यसमाथि पनि उचित विचार गर्नुपर्छ। मुख्यमन्त्रीले उपराष्ट्रपति सीपी राधाकृष्णनको पहिलो कश्मीर यात्रालाई स्वागत गरे। उपराष्ट्रपतिले बिहीवार कश्मीर विश्वविद्यालयको 21औं दीक्षान्त समारोहमा भाग लिनेछन्।
उनले भने, यो परियोजना पुरानो शहरलाई सुन्दर बनाउने सरकारको प्रयासको एक भाग हो। यस्ता स्थानहरूबाट पर्यटकहरूलाई आकर्षित गर्नमा मद्दत मिल्नेछ अनि डाउनटाउन (शहरको आन्तरिक भाग)-लाई फाइदा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा