
अलिपुरद्वार, 25 फरवरी (हि.स)। जिल्लाको फालाकाटा–सलसलाबाड़ी हाइवे निर्माणको कारण एक जना बुजुर्ग महिलाको 40 साल पुरानो रोजगार खोसियो, तर अहिलेसम्म उनलाई सरकारी पुनर्वास प्राप्त भएको छैन।
अलिपुरद्वार-1 ब्लकको पूर्व काठालबाड़ीकी बुजुर्ग बुदेश्वरी बर्मन (60)-ले यस मामिलामा मुख्यमन्त्री र जिल्ला परिषदलाई खुल्ला पत्र लेखेर विरोध व्यक्त गरेकी छन्।
जानकारी अनुसार शालकुमार मोड़मा बुदेश्वरी देवीले पछिल्लो चार दशकदेखिकै चियाको दोकान चलाएर आफ्नो जीवन यापन गरिरहेकी थिइन्। उनको पतिको केही वर्षअघि निधन भइसकेको छ भने उनीको सन्तान पनि छैन। उनीहरू त्यही दोकानमा बस्दै आइरहेका थिए। हालैमा सड़क निर्माण कार्यले उनको दोकानलाई भत्काइदियो। हाल तिनी आफ्नो भतिजको घरमा बस्न बाध्य छिन्।
बुजुर्ग महिलाको आरोप छ, पलाशबाड़ीका व्यवसायीहरूलाई जिल्ला परिषदको पहलमा पुनर्वास गराइयो, तर शालकमार मोड़का दोकानदारहरूलाई बेवास्ता गरियो। बाध्यतावश उनीहरूले अहिले नयाँ सड़कको किनारमा एउटा छाता मुनि दुर्घटनाको खतराबीच फेरि सानो दोकान चलाइरहेका छन्।
उनले मोड़मा चार वटा विशाल फ्लेक्स पनि झुण्डाएकी छन् जसमा उनको पुरानो तथा वर्तमान दोकानको तस्वीरसितै पुनर्वासको माग लेखिएको छ। उनको भनाइ छ, मलाई पनि पलाशबाड़ीमा पुनर्वास गराइयोस्। अहिलेसड़क किनारमा छाता राखेर दोकान चलाइरहेकी छु। यदि यो दोकान पनि हटाउन भन्यो भने मेरो सहारै खोसिनेछ।
स्मरण गराइन्छ, एक समयमा शिलबाड़ीहाट व्यापारी समितिसित आन्दोलनमा सामेल भएकी बुदेश्वरी देवीले अब जीवनको यस घड़ीमा एक्लै संघर्ष गरिरहेकी छन्।
यस सम्बन्धमा जिल्ला परिषदका सहकारी सभाधिपति मनोरञ्जन देले भने, उनले सम्पूर्ण मामिलाको जाँच गरेर उचित कदम उठाउनेछन् अनि बुदेश्वरी देवीलाई हरसम्भव सहयोग गर्ने प्रयास गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा