
दक्षिण 24 परगना, 25 फरवरी (हि. स.)। जिल्लाको भांगड़ क्षेत्रमा केमिकलले भरिएको ड्रम विस्फोटमा जलेर घाइते भएको आठ वर्षीय सादिकुल अहमदको बुधवार सबेरै मृत्यु भयो। उसको शरीरको लगभग 95 प्रतिशत भाग जलेको थियो जसले गर्दा उ जीवन र मृत्युबीच जुझिरहेको थियो। यस घटनामा घाइते भएका अन्य दुई जना नानीहरूको अस्पतालमा उपचार भइरहेको छ।
बताइन्छ, गत 17 फरवरीको दिन क्यानिंग पूर्व विधानसभाको घाटपुकुरदेखि मध्य खड़गाछीसम्मको सड़क मरम्मत भइरहेको समय केमिकलको ड्रम पड़्केर ठूलो दुर्घटना भएको थियो। क्षेत्रमा लगभग 7 किलोमीटर लामो सड़कको मरम्मत कार्य भइरहेको थियो। सड़क किनारमा 200 लीटर लाइट डिजल ओयल (एलडीओ)-ले भरिएको एउटा ड्रम राखिएको थियो जसको प्रयोग पिच वा एस्फाल्टलाई पग्लाउनको लागि गरिन्छ। यसै अवधि खड़गाछी क्षेत्रमा चार जना नानीहरू ड्रम नजिक खेलिरहेका थिए, अचानक दुई वटा ड्रम तीव्र ध्वनिसितै पड़केर आगो लाग्यो। आगोको चपेटमा परेर सामियुल मोल्ला, रायहान मोल्ला, रियाज हसन मोल्ला औ सादिकुल मोल्ला नामक चारजना बालकहरू जलेर घाइते भए। सबैलाई पहिला नलमुड़ी स्वास्थ्य केन्द्रमा लगियो अनि पछि तीन जनालाई उन्नत उपचारको निम्ति एमआर बांगुर अस्पताल, कोलकातामा रेफर गरियो।
विस्फोटपछि घटनास्थलमा पुगेर पुलिस अधिकारीहरूले जाँच गरे। चर्को गर्मीको कारण ड्रममा आगो लागेको वा कुनै कारणले विस्फोट भएको हो, यसको जाँच विशेषज्ञहरूले गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा