
नयाँ दिल्ली, 25 फरवरी (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मालवीय नगरमा नर्थ-इस्टका युवतीहरूसित भएको घटनाको कड़ा निन्दा गर्दै भनिन्, सरकार उनीहरूको साथमा छ।
मुख्यमन्त्रीले बुधवार एक्समा एउटा भीडियो पोस्ट गर्दै भनेकी छन्, दिल्ली हरेकको हो। यहाँ हरेक नागरिकको गरिमा, सम्मान एवं सुरक्षा सर्वोपरि छ। उनले भनिन्, उनी स्वयं अरूणाचल प्रदेशका युवतीहरूसित भेट गर्नेछिन्। पुलिसले पूर्ण जिम्मेवारीको साथमा कानूनी कारबाही गरिरहेको अवगत गराउँदै उनले भनिन्, दोषीहरू विरूद्ध कड़ा कारबाही गरियोस्। कुनै पनि छोरीलाई सताउनु, भेदभाव गर्नु वा अपमानित गरिनु, कुनै पनि मूल्यमा सहन गरिनेछैन। हामी सबै एक हौं र हरेक छोरीको सुरक्षा हाम्रो सर्वोच्च जिम्मेवारी हो।
पुलिसले यस मामिलामा सूचीबद्ध आरोपी रूबी जैनलाई पक्राउ गरेको छ। पुलिसले महिलाका पति हर्षलाई पनि हिरासतमा लिएको छ। पुलिस अधिकारीको भनाइ छ, आरोपीहरूसित जाँचबुझ भइरहेको छ र घटनाक्रमसित जोड़िएका अन्य तथ्यहरूको पनि जाँच गरिँदैछ।
उल्लेखनीय छ, गत 20 फरवरीको अपरान्ह लगभग 3:30 बजी अरुणाचल प्रदेशका युवतीहरूले आफ्नो फ्ल्याटमा एसी इन्स्टलेशनको काम गरिरहेका थिए। यसको लागि ड्रिलिंग मशिनबाट काम भइरहेको थियो जसले गर्दा केही धुलो वा अवशेषहरू भुइँमा झऱ्यो। यसैलाई लिएर त्यस फ्लोरमा बस्ने हर्ष सिंह र उनकी पत्नी रूबी जैनले माथि आएर आपत्ति जनाए। आरोप छ, यस अवधि दम्पत्तिले युवतहरू विरूद्ध नस्लीय टिप्पणी गर्दै उनीहरूलाई नानाभाँती भने। दुवै तर्फबाट विवाद बढ़्दै गएपछि मामिलाको सूचना पुलिसलाई दिइयो। घटनास्थलमा पुलिस पुग्दा पनि विवाद जारी रह्यो। युवतीहरूको पक्षबाट गरिएको सिकायतमा भनिएको छ, दम्पत्तिले गाली गर्नको साथै उनीहरूको उत्तर-पूर्वी मूललाई लिएर नस्लीय तथा अपमानजनक टिप्पणी गरे अनि धम्काए पनि।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा