
मेदिनीपुर, 25 फरवरी (हि.स.)। पश्चिम बंगालको चन्द्रकोणामा सड़कको खस्किँदो स्थितिलाई लिएर ग्रामीणहरूले विरोध प्रदर्शन गरे। चन्द्रकोणा-2 ब्लकको बसनछोड़ा ग्राम पञ्चायतस्थित भगवनबाटी गाउँमा पछिल्लो लामो समयदेखिकै सड़कको अवस्था जीर्ण भएको कारणले आवागमन गर्न समस्या भइरहेको छ। हालैमा सड़कको मरम्मत गरिएको भए पनि वर्षाको कारणले सड़क फेरि हिलोमा परिणत भयो।
ग्रामीणहरूले मोरम सड़कको सट्टा कंक्रिट ढलाई सड़कको माग गर्दै चन्द्रकोणा ‑पलाशचाबड़ी बाइपास रोडलाई अवरुद्ध गरी बुधवार बिहान प्रदर्शन गरे जसबाट यातायात प्रभावित भयो। लगभग एक घण्टापछि पञ्चायत समितिले आश्वासन दिएपछि अवरोध समाप्त भयो।
स्थानीय मानिसहरूको भनाइ छ, वर्षौंदेखिको सड़कको अवस्था जीर्ण भएको छ र आपतकालीन स्थितिमा गाउँसम्म वाहनहरू आउन सक्दैनन्। पञ्चायत समितिको पक्षबाट बताइयो, हाल मरम्मतको काम जारी रहनेछ भने कंक्रिटकको सड़क निर्माण गर्ने प्रस्तावलाई माथिल्लो स्तरमा पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा