विकास भवन बाहिर सिभिल डिफेन्स स्वयंसेवकहरूको प्रदर्शन
विकास भवन बाहिर सिभिल डिफेन्स स्वयंसेवकहरूको प्रदर्शन


कोलकाता, 25 फरवरी (हि.स.)। सिभिल डिफेन्स स्वयंसेवकहरूले बुधवार सल्ट लेकस्थित पश्चिम बंगाल शिक्षा विभागको मुख्यालय बाहिर 30 दिनको सुनिश्चित मासिक कार्य औ स्थायी रोजगारको दर्जा दिनुपर्ने मागमा प्रदर्शन गरे।

विभिन्न जिल्लाहरूबाट आएका प्रदर्शनकारीहरूले सड़कमा बसेर विकास भवन बाहिर यातायात नै अवरूद्ध बनाइदिए। उनीहरूले पछिल्लो वर्षको 13 जुलाईमा जारी सरकारी आदेशमा संशोधन गर्ने माग गरे।

उनीहरूले आरोप लगाए, वर्तमान व्यवस्थामा उनीहरूलाई 14 दिनको मात्र ड्यूटी दिइन्छ, त्यसपछि अनिवार्य अन्तराल रहन्छ जसले गर्दा महिनाका रहल दिनहरूमा उनीहरूसित स्थिर आयको श्रोत नै हुँदैन। प्लेकार्ड अनि ब्यानर लिएर पुगेका स्वयंसेवकहरूले दाबी गरे, शिक्षा विभाग मुख्यालय निकट भेला हुने क्रममा पुलिसले उनीहरूमाथि बल प्रयोग गऱ्यो।

एकजना प्रदर्शनकारीले दाबी गरे, “हामी प्रशासनको अभिन्न अंग हुँदाहुँदै पनि पुलिसले हामीलाई तितर-बितर पार्नको लागि लट्ठीचार्ज गऱ्यो। हामीले मन्त्री जावेद खानलाई लगभग 50 वटा पत्र सुम्पिसकेका छौं, तर कुनै जवाफ आएको छैन,” उनले अझ भने, उनीहरूको माग पूरा नहुञ्जेलसम्म दिन-रात धरना जारी राखिनेछ।

प्रदर्शनकारीहरूले भने, उनीहरूले कोभिड-19 महामारी तथा चक्रवात अम्फान अवधि राज्यको सेवा गरे, तर अहिले उनीहरूलाई नियमित कामदेखिवञ्चित गरिँदैछ। उनीहरूले आरोप लगाए, उनीहरूको ड्यूटी मुख्य रूपमा चुनाउ र विशेष अवसरहरूसम्म मात्र सीमित रहन्छ जसबाट केही स्वंयसेवकहरू महिनाको अधिकांंश समय नै बेरोजगार बन्दछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande