
दरंग (असम), 25 फरवरी (हि.स.)। दलगाउँ विधानसभा क्षेत्रलाई रायजर दलको लागि छोड़्ने चर्चाको विरोधमा कंग्रेस कार्यकर्ताहरूले गए मंगलवार राती गौरव गोगोईको आवास सामु व्यापक प्रदर्शन गरे।
प्रदर्शनकारी कार्यकर्ताहरूले भने, दलगाउँ सीटमा कंग्रेसको आधार मजबुत रहिआएको छ र यसलाई अन्य दलको लागि छोड़्नु स्थानीय कार्यकर्ता अनि समर्थकहरूको भावनाको विरोध गर्नु हो। उनीहरूले आगामी चुनाउमा यस सीटबाट कंग्रेस प्रत्याशीलाई नै टिकट दिनुपर्ने माग समेत गरे।
कार्यकर्ताहरूले चेताउनी दिए, यदि यो सीट छोड़ियो भने यसबाट धरातीलय स्तरका पार्टी कार्यकर्ताहरूलाई नोक्सान हुनेछ। उनीहरूले पार्टी नेतृत्वसित निर्णयमाथि पुनर्विचार गर्ने अनि दलगाउँका जनताको भावनालाई सम्मान गर्ने अपील गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा