दार्जिलिङ प्रेस गिल्ड सम्मानद्वारा आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानको परिवारलाई सम्मानित गरिने
दार्जिलिङ प्रेस गिल्ड


दार्जिलिङ, 15 फरवरी (हि.स.)। दार्जीलिङ प्रेस गिल्डले आगामी 28 फरवरीको दिन आफ्नो 25औं स्थापना दिवस पालन गर्ने निधो गरेको छ। दार्जिलिङ प्रेस गिल्डले आफ्नो 25औं स्थापना दिवसको अवसरमा आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानलाई समर्पण गरेर दार्जीलिङ प्रेस गिल्ड सम्मान उनकै परिवारका सदस्यलाई प्रदान गर्ने घोषणा गरेको छ।

दार्जीलिङ प्रेस गिल्डले विगत केही वर्षदेखि पत्रकारिता, समाज सेवा तथा अन्य विधामा योगदान दिने व्यक्तित्वहरूलाई दार्जिलिङ प्रेस गिल्ड सम्मानले विभूषित गर्दै आइरहेको छ। यसपाली गिल्डको 25औं स्थापना दिवस भएकाले यसपालीको सम्मान आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानप्रति समर्पित गरिएको बताएको छ।

उक्त सम्मान पादरी गंगाप्रसाद प्रधानकै परिवारका सदस्यलाई प्रदान गर्ने दार्जीलिङ प्रेस गिल्डले निर्णय लिएको छ। दार्जिलिङ प्रेस गिल्डका सभापति दिप गजमेर, सचिव आदित्य राया, सह सचिव धनराज घिसिङ, कोषाध्यक्ष एवं वरिष्ठ पत्रकार मोहन लामाले आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन्।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सचिव एवं पत्रकार आदित्य राया र कोषाध्यक्ष एवं वरिष्ठ पत्रकार मोहन लामाले दार्जिलिङ प्रेस गिल्डको 25औं स्थापना दिवसको अवसरमा दार्जिलिङ प्रेस गिल्ड सम्मानद्वारा आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानको परिवारलाई सम्मान गरिने भएको जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande