रूपनारायणमा ड्रेजिंगको कारण बालुवा मजदुरहरू संकटमा
रूपनारायणमा ड्रेजिंगको कारण बालुवा मजदुरहरू संकटमा


मेदिनीपुर, 25 फरवरी (हि.स.)। राज्य सरकारद्वारा रूपनारायण नदीमा ड्रेजिंग कार्य आरम्भ गरिएपछि कोलाघाट क्षेत्रका लगभग दुई-अढ़ाई सय बालुवा मजदुरहरू आजीविकाको गम्भीर संकटमा परेका छन्। पूर्खौंदेखिको नदीबाट बालुवा निकालेर जीवन यापन गर्दै आइरहेका यी परिवारहरूको काम वर्तमानमा नयाँ व्यवस्थाको कारण ठप्प भएको छ।

राज्यको सिंचाई विभागको पहलमा एक बहुराष्ट्रिय कम्पनीलई ड्रेजिंगको दायित्व सुम्पिइएको छ। प्रशासनले स्पष्ट निर्देश दिएको छ, अधिकृत एजेन्सी बाहेक अन्य कसैले पनि नदीबाट बालुवा निकाल्न पाउँदैन। नियमहरूको उल्लंघन गरेको आरोपमा हालैमा एक जना मजदुरलाई पक्राउ गरिनको साथै बालुवा निकाल्नको लागि प्रयुक्त तीन वटा नौकालाई जफत गरियो।

मारबेड़िया, नगुरिया, शालुका, पाइकरपाड़ी, छातिंदा औ बेलकोठा सहित अनेकौं गाउँका मानिसहरूले पछिल्लो लामो समयदेखिकै नदीको तटबाट बालुवा निकालेर त्यसलाई बेच्दै आइरहेका छन्। वर्षा याममा मजदुरहरूले पानीभित्र पसेर बाल्टीले बालुवा निकाल्छन् भने सुक्खा दिनमा फरूवा र अन्य औजारहरूको सहायता बालुवा काटेर नौकाहरूमा भर्छन्। एक नौका बालुवा बेच्दा श्रमिकहरूको औसत 3-4 सय रुपियाँ आय हुन्छ।

सूत्र अनुसार घाटाल मास्टर प्लानको कार्य प्रारम्भ भएपछि “नो कस्ट” पद्धति अनुरूप मशिनहरूद्वारा नदीमा ड्रेजिंग गरिँदैछ। शुरूमा मजदुरहरूले प्रशासनको चेताउनीलाई गम्भीर रूपमा लिएनन्, तर पक्राउ अनि नौका जफतीका घटनाहरू हुन थालेपछि पछिल्लो लगभग एक महिनादेखिको ठूलो संख्यामा मजदुरहरू बेरोजगार भएका छन्।

आजीविकाको रक्षा गर्नका लागि मजदुरहरूले राज्य सचिवालय नवान्नलाई पत्र पठाएर बालुवा निकाल्ने पारम्परिक अधिकार फर्काइदिने माग गरेका छन्। उनीहरूले पूर्व मेदिनीपुर जिल्ला प्रशासनका विभिन्न विभागहरूसँगसँगै विपक्षका नेता शुभेन्दु अधिकारीलाई समेत ज्ञापन चढ़ाएका छन्। गए मंगवार साँझ कोलाघाटका बीडीओ अमिय कुमार चांदले बताए, मजदुरहरूको आवेदन प्राप्त भएको छ र यो विषयलाई भूमि विभागमा प्रेषित गरिएको छ जसमाथि अन्तिम निर्णय एडीएम (एलआर) स्तरमा लिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande