आगलागीमा घर जलेर स्वाहा, लाखौंंको नोक्सान
आगलागीमा घर जलेर स्वाहा, लाखौंंको नोक्सान


डिब्रुगढ़ (असम ), 25 फरवरी (हि.स.)। डिब्रुगढ़ जिल्लाको पश्चिम बाँसवाड़ी क्षेत्रमा लागेको भयानक आगोले हेर्दा-हेर्दै एउटा घर र दुई वटा कारलाई आफ्नो चपेटमा लिएर खरानी बनाइदियो।

पुलिसले बुधवार बतायो, बितेको राती जिल्लाको पश्चिम बाँसवाड़ी क्षेत्रमा आगो लागेको जानकारी पाउनसाथ पुलिस र अग्निशनको टीम घटनास्थलमा पुग्यो। समयमै आगोलाई नियन्त्रित गरियो तथापि आगोलाई नियन्त्रण गरूञ्जेलसम्ममा जयन्त दासको घर र दुई वटा वाहन पूर्ण रूपमा जलेर नष्ट भिसकेको थियो।

आगलागी हुँदा घरमा रहेका दुई वटा भान्सा ग्यासको सिलेण्डर पड़्केर आगोले झन् विकराल रूप धारण गऱ्यो। यस आगलागीमा लाखौं रुपियाँको सम्पत्ति नष्ट भएको छ। तथापि आगो कसरी लाग्यो, अहिलेसम्म कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन। पुलिसले आशंका व्यक्त गरेको छ, बिजुलीको शर्ट सर्किटको कारणले आगो लागेको हुनसक्छ। पुलिसले घटनाको सम्बन्धमा एक प्राथमिकी दर्ता गरी जाँच कार्य शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande