
इम्फाल, 25 फरवरी (हि.स.)। मणिपुर पुलिसले गुप्त जानकारीको आधारमा अभियान संचालन गरी भारी मात्रामा हतियार सहित अन्य सामग्रीहरू जफत गरेको छ। तथापि यस सम्बन्धमा कसैलाई पनि पक्राउ भने गरिएको छैन।
मणिपुर पुलिस मुख्यालयले बुधवार बतायो, इम्पाल इस्ट जिल्लाको सागोलमांग थाना अन्तर्गत नुंगई पहाड़ी क्षेत्रबाट गए मंगलवार हतियारहरू जफत गरियो जसमा एउटा देशी राइफल, एउटा देशी 9 एमएम पेस्तोल म्यागजिनसितै, एउटा एचई-36 ह्याम्ड-ग्रेनेड, .303 बोरको पाँच राउण्ड जिउँदो कारतूस, दुई वटा मेटल प्लेटयुक्त बुलेटप्रूफ ज्याकेट, एउटा म्यागजिन पाउच, दुई वटा बीपी हेलमेट औ तीन वटा स्लिंग सामेल छन्।
पुलिसले राज्यका संवेदनशील क्षेत्रहरूमा लगातार खोजी अभियान संचालन गरी हतियार अनि विस्फोटकहरूको भण्डारलाई जफत गरिरहेको छ। जफत गरिएका हतियारहरूको मामिलामा पुलिसले अग्रिम कारबाही जारी राखेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा