राइजर दल र कंग्रेसेबीच अहिलेसम्म गठबन्धन हुन सकेको छैनः अखिल गोगोई
राइजर दल र कंग्रेसेबीच अहिलेसम्म गठबन्धन हुन सकेको छैनः अखिल गोगोई


नगाउँ (असम), 25 फरवरी (हि.स.)। विधायक अखिल गोगोईले भनेका छन्, उनको पार्टी राइजर दल र कंग्रेसबीच अहिलेसम्म पनि कुनै प्रकारको गठबन्धन तय भएको छैन। उनले स्पष्ट पारे, चुनाउ नजिकै आइसकेको छ र अब यस मुद्दामा स्थिति प्रष्ट हुनुपर्छ।

बुधवार धिंगमा पत्रकारहरूसित बातचित गर्दै गोगोईले भने, उनको पार्टीले धिंग, नाओबोइचा, बरसोला, दिसपुर र डिमौ सहित 12 वटा सीटमा दाबी गरिरहेको छ। उनले भने, “यदि हामीलाई हामीले माग गरे अनुरूप 12 वटा सीट पायौं भने गठबन्धन हुनसक्छ, अन्यथा हुँदैन।”

उनले यो पनि दाबी गरे, यदि माथिल्लो असममा राइजर दलले एक्लै चुनाउ लड़्यो भने कंग्रेसले एउटै पनि सीट जित्न सक्नेछैन।

गोगोईले भने, अल्पसंख्यक बहुल 24 सीटमा उनको पार्टीसित सशक्त उम्मेद्वारहरू छन्।

समयको अभावको उल्लेख गर्दै उनले कंग्रेससित चाँड़ै यो स्पष्ट पार्ने माग गरे, गठबन्धन हुन्छ कि हुँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande