
गुवाहाटी, 25 फरवरी (हि.स.)। गुवाहाटीको बोरागाउँ क्षेत्रमा ट्रेनको चपेटमा परी एक जना युवकको घटनास्थलमै मृत्यु भयो भने अर्को युवक गम्भीर रूपमा घाइते भए।
पुलिसले आज बताए अनुसार बोरागाउँको तेतेलियाँ क्षेत्रमा ट्रेनको चपेटामा परी एक जना युवकको घटनास्थलमै मृत्यु भयो। गम्भीर रूपमा घाइते अर्को युवकलाई गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा भर्ती गरिएको छ। दुवै युवक घटनास्थल निकट दिपर बिल (झील)-मा माछा पार्नका लागि गएका थिए।
यस घटनामा मृतक अनि घाइते दुवैको पहिचान अन्तिम सूचना पाउँदासम्म पनि हुन सकेको थिएन। दुर्गटनापछि युवकको शवमाथिबाट एकपछि अर्को गर्दै धेरैवटा ट्रेनहरू गुज्रिए। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी दुवै युवकको पहिचान खोलाउन जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा