मालदा शहरमा ‘भूमिहीन खेत मजदुर’- को आवेदनबाट उठ्यो प्रश्न
मालदा शहरमा ‘भूमिहीन खेत मजदुर’- को आवेदनबाट उठ्यो प्रश्न


मालदा, 25 फरवरी (हि. स.)। शहरमा युवक-युवतीहरूको लागि भइरहेको रजिस्ट्रेशन क्याममा एक अचम्भको तस्वीर देख्न पाइएको छ। नगरपालिका क्षेत्रमा आयोजित ‘युवा साथी’ रजिस्ट्रेशन क्याम्पमा बेरोजगार युवाहरूसँगसँगै भूमिहीन खेत मजदुरहरूलाई पनि आर्थिक सहायता योजनाको लागि ठूलो संख्यामा फारम भरिरहेको देखियो।

राज्य सरकारको यस योजना अन्तर्गत भूमिहीन खेत मजदुरहरूलाई वर्षेनी चार हजार रुपियाँ आर्थिक सहयोग दिइनेछ। तर यहाँ के प्रश्न उठिरहेको छ भने, शहरी क्षेत्र जहाँ खेतीयोग्य जमीन लगभग छैन,- त्यहाँ यति धेरै खेत मजदुरहरू कहाँबाट आए?

प्राप्त जानकारी अनुसार रवीन्द्र एभेन्यूस्थित पेडी सिल्क प्रशिक्षण केन्द्रलाई शहरका 29 वटा वार्डहरूका विभिन्न सरकारी योजनाहरूको रजिस्ट्रेशन केन्द्रको रूपमा चयन गरिएको छ। यहाँ ‘युवा साथी’ योजना अन्तर्गत 40 वर्षसम्मका बेरोजगार युवक-युवतीहरूले 1500 रुपियाँ मासिक सहायता पाउनका लागि फरम जमा गरिरहेका छन्। यस अवधि एउटा भिन्नै पंक्तिमा उभिएका मानिसहरूले आफूलाई भूमिहीन खेत मजदुर बताएका छन्। प्रश्न गर्दा एकजना बुजुर्गले भने, उनी खेत मजदुरहरूको पंक्तिमा उभिएका छन्। शहरमा खेती कसरी हुन्छ भनी तिनलााई प्रश्न गर्दा उनले कुनै स्पष्ट जवाफ दिन सकेनन्।

यस मुद्दामा तृणमूलका जिल्ला प्रवक्ता शुभमय बोसले भने, पेडी सिल्क केन्द्रमा मुख्य रूपमा मालदा शहरका मानिसहरूको रजिस्ट्रेशन भइरहेको छ। उनले भने, यदि शहरका कुनै व्यक्तिले गाउँमा गएर खेत मजदुर गर्छ भने उसले आवेदन दिन सक्नेछ। कोसित कृषि भूमि छ-छैन यसको जाँच सरकारद्वारा गरिनेछ अनि पात्रताको आधारा आर्थिक सहायता दिइनेछ। घटनालाई लिएर शहरमा चर्चा चुलिएको छ साथै पात्रताको पारदर्शितालाई लिएर प्रश्न उठ्न थालेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande