श्याम लाल कलेजलाई 'प्रस्पेक्ट 26' मा 11.45 लाख रुपियाँ प्रतिवर्ष उच्चतम प्याकेज प्राप्त भयो
श्याम लाल कलेजलाई 'प्रस्पेक्ट 26' मा 11.45 लाख रुपियाँ प्रतिवर्ष उच्चतम प्याकेज प्राप्त भयो


नयाँ दिल्ली, 25 फरवरी (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू)- को श्याम लाल कलेजले आफ्नो वार्षिक प्लेसमेन्ट र इन्टर्नशिप मेला 'प्रस्पेक्ट 26' को बुधवार आयोजन गऱ्यो जसमा 550 भन्दा अधिक विद्यार्थीहरूले भाग लिए।

श्याम लाल कलेजको पक्षबाट दिइएको जानकारी अनुसार यस कार्यक्रममा 50भन्दा अधिक कम्पनीहरू सामेल भए जसमा एक्सेञ्चर, जेनप्याक्ट, केपीएमजी, एक्सिस ब्यांक, करियर प्लान बी, बजाज फिनसर्भ, ओभेशन, इन्स्प्लोर कन्सल्टेन्ट्स, वाईकेजी एण्ड एसोसिएट्स, टेलीपफॉर्मेन्स, जीएससी आउटसोर्सिंग, द ओबेरय ग्रुप, ईजमायट्रिप, क्यूबिक हेल्थकेयर, कोग्नोसेंटे, फ्लाई बञच सहित अन्य प्रतिष्ठित संस्थानहरू सामेल छन्।

यी कम्पनीहरूले वित्त, परामर्श, विपणन, संचालन औ व्यवसाय विकास जस्ता विभिन्न क्षेत्रहरूमा विविध भूमिका प्रदान गरे तथा कलेज परिसरमा प्रत्यक्ष साक्षात्कार पना आयोजना गरियो।

वाणिज्य, विज्ञान एवं मानविकी जस्ता विभिन्न क्षेत्रहरूका स्नातक विद्यार्थीहरूले प्लेसमेन्ट तथा इन्टर्नशिप मेलामा भाग लिए। प्रथम र द्वित्तीय वर्षका विद्यार्थीहरूले इन्टर्नशिपका लागि भाग लिए भने तृतीय र चतुर्थ वर्षका विद्यार्थीहरू प्लेसमेन्टक लागि सहभागी भए।

कम्पनीहरूले विद्यार्थीहरूलाई लगभग 15,000-देखि 20,000 रुपियाँ प्रतिमहिना औसत पारिश्रमिकसितै इन्टर्नशिप प्रदान गरे। साथै प्री-प्लेसमेन्ट अफर पनि दिए। मेलाको मुख्य आकर्षक 11.45 लाख रुपियाँ प्रतिवर्षको उच्चतम प्याकेज रह्यो भने केही प्रतिस्पर्धी प्रस्ताव पनि दिइयो जसले कलेजको प्रतिभामाथि भर्ती कम्पनीहरूको मजबुत विश्वासलाई दर्शाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande