
नयाँ दिल्ली, 25 फरवरी (हि.स.)। दिल्लीका शिक्षा मन्त्री आशिष सूदले बिहीवार रोहिमीस्थित महाराजा अग्रसेन कलेज परिसरमा केही प्रमुख परयोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नेछन्। यसमा नवनिर्मित स्टुडेन्ट फेसिलिटी सेन्टरको उद्घाटन पनि सामेल छ।
एक सरकारी बयान मुताविक यो आधुनिक केन्द्रले विद्यार्थीहरूको शैक्षणिक एवं प्रशासनिक आवश्यक्ताहरूसित सम्बन्धित विभिन्न सेवाहरूलाई एउटै छानोमुनि उपलब्ध गराएर सुविधा, दक्षता अनि पारदर्शिता सुनिश्चित गर्नेछ।
बयानमा भनिएको छ, त्यसपछि शिक्षा मन्त्रीले इण्डियन नलेज ट्रेडिशन सेन्टरको शिलान्यास गर्नेछन्। यो केन्द्र भारतको समृद्ध बौद्धिक, सांस्कृतिक एवं दार्शनिक परम्पराहरूको अध्ययन एवं शोधलाई प्रेरित गर्ने दिशामा एक महत्वपूर्ण कदम हुनेछ।
तकनिक-सक्षम औ आधुनिक शिक्षण वातावरणलाई प्रोत्साहित गर्ने उद्देश्यले सूदले एउटा मल्टीमीडिया सेमिनार हल तथा पाँच वटा अत्याधुनिक स्मार्ट क्लासरूमको पनि लोकार्पण गर्नेछन् जसबाट शिक्षण-अधिगम प्रक्रिया अधिक सम्वादात्मक, प्रभावकारी एवं डिजीटल रूपले उन्नत बन्नेछ।
कलेज परिसरमा डिजीटल सुविधाहरूलाई विस्तार गर्नका लागि मन्त्रीले कलेज पुस्तकालयमा आरएफआईडी आधारित लाइब्रेरी म्यानेजमेन्ट सिस्टमको शुभारम्भ गर्नेछन्। यो सुविधाले पुस्तक निर्गमन-प्रत्यावर्तनको प्रक्रियालाई सरल, तत्काल औ अधिक कुशल बनाउनेछ। यी सबै पहलहरूले दिल्ली सरकारको त्यस प्रतिबद्धतालाई दर्शाउँछ जसान्तर्गत उच्च शिक्षण संस्थानहरूलाई आधुनिक, तकनिक-आधारित औ छात्र-हितैषी बनाइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा