सिक्किम राज्य विश्वविद्यालयकाे संस्कृत विभागद्वारा दश दिवसीय सरल संस्कृत शिविरको समापन
Sikkim State university


गान्तोक, 25 फरवरी (हि.स.)। कञ्चनजङ्घा राज्य विश्वविद्यालय, सिक्किमको संस्कृत विभाग तथा संस्कृत भारतीको संयुक्त तत्त्वावधानमा आज परिसरको संगोष्ठी-कक्षमा सरल संस्कृत शिविरको समापन भयो। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङको नेपाली विभागका विभाग प्रमुख डा. उदयछेत्री थिए।

कार्यक्रममा प्रशिक्षकको रूपमा संस्कृत भारतीका कार्यकर्ता तथा कोचबिहार, दिनहट खण्डका संयोजक श्रीसागर गोप उपस्थित थिए। दश दिवशीय कार्यक्रमको विवरण विभागका सहायक प्राध्यापक डा. प्रदीप शर्मा लुईटेल प्रस्तुत गरे। यस समापन सत्रमा चार जना विद्यार्थीहरूले दश दिनमा प्रशिक्षकको के कस्ता अनुभव गरे तथा संस्कृत भाषामा के के ज्ञान गरे, त्यस विषयमा आफ्नो अनुभव व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन डा. युवराज घिमिरे तथा स्वागत सम्भाषण विभाग प्रमुख डा. लीलाधर भट्टराई तथा कार्यक्रमको धन्यवाद ज्ञापन विभागका सहायक प्राध्यापक श्रीदिननाथ शर्माले गरेको विज्ञप्तिमा बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande