
सूरत, 25 फरवरी (हि.स.)। सूरतको पोश वेसु क्षेत्रस्थित ‘ह्याप्पी एलिगेंस’ अपार्टमेन्टमा बुधवार बिहान एउटै परिवारका चार जना सदस्यहरूले सामूहिक आत्महत्या गरेको ममिला प्रकाशमा आएको छ। घटनामा पति,पत्नी र नाबालिक छोरीको मृत्यु भयो भने अर्की छोरीलाई बचाइएको छ जसको उपचार भइरहेको छ।
पुलिस अनुसार मृतकको पहिचान बिहार मूलका बालमुकुन्दको रूपमा भएको छ जसले पछिल्लो दुई वर्षदेखिको सूरतमा बसेर घरबाटै शेयर बजारको काम गर्दै आइरहेका थिए। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार परिवारले कथित रूपमा विष सेवन गऱ्यो। घटनास्थलबाट तीन पन्नाको सुसाइड नोट फेला परेको छ जसमा आत्महत्याको पछाड़ी आर्थिक तथा मानसिक दबाव रहेको कुरा उल्लेख गरिएको छ। सुसाइड नोटमा वैभव रूंगटा नामक व्यक्तिमाथि बालमुकुन्दको पक्षबाट कार र क्रेडिट कार्ड हड़पेको तथा कार्डको दुरुपयोग गरेको आरोप लगाइएको छ। पुलिसले यस सम्बन्धमा आरोपी विरूद्ध ममिला दर्ता गरी अग्रिम जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा