स्कर्पियोबाट पशु जफत, तीनजना समातिए
स्कर्पियोबाट पशु जफत, तीनजना समातिए


धुबड़ी (असम), 25 फरवरी (हि.स.)। धुबड़ी जिल्लाको बिलासीपारामा अवैध पशु तस्करीको वृहत सिण्डिकेट लगातार सक्रिय छ। तस्करहरूले दिनहुँ नयाँ-नयाँ शैली अप्नाएर पश्चिम बंगालदेखि असममा पशुहरूको तस्करी गरिरहेका छन्। यसमाथि लगाम लगाउने उद्देश्यले बिलासीपारा पुलिसले अवैध पशु तस्करीविरूद्ध व्यापक अभियान संचालन गरेको छ।

अभियान अवधि राष्ट्रिय राजमार्ग संख्या- 17 बाट एउटा लग्जरी स्कर्पियो वाहनको माध्यमबाट लगिरहेका 6 वटा अवैध पशुहरूलाई जफत गरियो। पुलिसले घटनास्थलबाट तीनजना तस्करहरूलाई पनि पक्राउ गऱ्यो। जफत गरिएको स्कर्पियो (एएस 01-एयू 7975)-मार्फत बड़ो क्रूर ढंगमा सबै पशुहरूलाई खाँदेर तस्करी गरिँदैथ्यो।

पुलिसले सन्देह व्यक्त गरेको छ, यी पशुहरूलाई पश्चिम बंगालदेखि बिलासीपाराको चर क्षेत्र तर्फ लैजाने योजना थियो। यस मामिलामा तीनजना पशु तस्करहरूलाई पक्राउ गरिएको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान काठालदी गाउँका सनावर हुसैन, अनावर हुसैन औ बहार अलीको रूपमा भएको छ भने यस अवैध कारबारका मुखिया हजरत र जयनाल भागेको बताइएको छ। हाल बिलासीपारा पुलिस मामिलाको जाँचमा जुटेको छ भने भगौड़ा आरोपीहरूलाई पनि खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande