
चेन्नई 25 फरवरी (हि.स.)। चिकित्सकहरूले भनेका छन्, वरिष्ठ वामपन्थी नेता आर. नल्लाकन्नुको स्वास्थ्यमा सुधार आएको संकेत छ। यसबीच भारतीय कम्युनिस्ट पार्टी (भाकपा)-ले उनको स्वास्थ्यलाई लिएर अफवाह नफैलाइदिने अपील गरेको छ।
पार्टीका राज्य उपसचिव ना. पेरियासामीले भने, भाकपाका वरिष्ठ नेता तथा सामाजिक मुक्ति संघर्षका योद्धा आर. नल्लाकन्नुको स्वास्थ्यलाई लिएर गलत खबर फैलाइँदैछ। उनले आम जनता तथा पार्टी कार्यकर्ताहरूसित अपील गरे कि उनीहरूले यस्ता अफवाहरूमाथि विश्वास नगरून्।
नल्लाकन्नुले तमिलनाडुको राजनीति औ सामाजिक आन्दोलनहरूको इतिहासमा महत्वपूर्ण स्थान राख्दछन्। उनलाई अस्वास्थ्य भएको कारणले राजीव गान्धी सरकारी सामान्य अस्पतालको गहन चिकित्सा कक्ष (आईसीयू)-मा भर्ती गरिएको छ। 101 वर्ष नाघिसकेका नल्लाकान्नु पछिल्लो केही सप्ताहदेखिको बढ़्दो उमेरसित सम्बन्धित स्वास्थ्य समस्याहरूको कारणले डाक्टरहरूको निरन्तर निगरानीमा छन्।
पछिल्लो 20 दिनभन्दा अधिक समयदेखिको उनी आईसीयूमा भर्ती भएका छन्। गए 24 फरवरीको दिन उनको स्वास्थ्यमा अस्थायी ह्रास आएको खबर प्रकाशमा आएको थियो। त्यसपछि सोशल मीडिया र केही वेबसाइटहरूमा उनको निधन भएको झूटो खबर फैलिन थाल्यो।
चिकित्सकहरू अनुसार उनकी स्थितिमा केही सुधार आएको संकेत देखिएको भए पनि हाल उनी पूर्ण रूपमा खतरादेखि बाहिर आएका छैनन्। भाकपाले दोहोऱ्यायो, केवल आधिकारिक चिकित्सा बुलेटिनमाथि नै विश्वास गरियोस्, अपुष्ट खबरहरूलाई साझा गर्नदेखि बचियोस्, किनभने यसबाट समाजमा भ्रमको स्थिति उत्पन्न हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा