जिन्दः देशकै पहिलो हाइड्रोजन ट्रेनको रनिंग ट्रायल शुरू भयो
जिन्दः देशकै पहिलो हाइड्रोजन ट्रेनको रनिंग ट्रायल शुरू भयो


जिन्द, 25 फरवरी (हि.स.)। देशकै पहिलो हाइट्रोजन ट्रेनको रनिंग ट्रायल बुधवारदेखि शुरू भयो। सबेरै यार्डबाट ट्रेनलाई बाहिर निकालियो। डिजल इञि्जनको मद्दतले पहिला ट्रेनलाई हाँसी रोडको पुल मुनिसम्म ल्याइयो। त्यहाँ केही क्षण रोकिएपछि ट्रेनलाई फेरि जंक्शनमा ल्याइयो। त्यहाँबाट बिहान 8.25 बजे ट्रेन सेनापति तर्फ प्रस्थान भयो। यस ट्रायल अवधि बीच बाटोमा ट्रेनलाई डिजल इञ्जिनदेखि छुट्याएर हाइड्रोडन ग्यासमा चलाइनेछ। ट्रेनमा हाइड्रोजन ग्यास थोरै मात्र छ। आवश्यकता परे ट्रेनलाई पुनः डिजल इञ्जिनसित जोड़िनेछ।

शुरुमा जिन्ददेखि पिंडारा तर्फ त्यसपछि फेरि भम्भेवा स्टेशनसम्म लगियो। रेलवे विभागको तकनिकी टीम बिहानदेखि नै तयारीमा जुटेको थियो। ट्रायल अवदि इञ्जिनको गति, ब्रेकिंग सिस्टम, ईन्धन खपत औ सुरक्षा मानदण्डहरूको गहिराईले निरीक्षण गरिनेछ। ट्रायल अवधि ट्र्याकको स्थिति, सिग्नलिंग सिस्टम औ इञ्जिनको प्रदर्शनमाथि विशेष ध्यान दिइनेछ। भनिन्छ, यदि आजको ट्रायल सफल रह्यो भने यस ट्रेनलाई सोनिपत ट्र्याकमा नियमित रूपमा संचलन गर्नको लागि अनुमति दिनसक्छ। यसबाट क्षेत्रका यात्रीहरूलाई आधुनिक तथा प्रदूषणमुक्त रेल सेवाको लाभ प्राप्त हुनेछ। साथै रेलवेको लागि यो एउटा ठूलो उपलब्धि मानिनेछ। किनभने हाइड्रोजन तकनिकलाई अप्नााउने दिशामा यो अहम कदम हो। सुरक्षाको दृष्टिले ट्रायल अवधि आम मानिसहरूसित ट्र्याकको नजिकमा नजाने अपील गरिएको छ। सफल परीक्षणपछि चाँड़ै यस ट्रेनलाई नियमित रूपमा संचालन गर्ने घोषणा गर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande