
कोलकाता, 25 फरवरी (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउलाई लिएर भारतीय जनता पार्टी (भाजपा)- ले आफ्नो चुनावी घोषणा पत्रको तयारीमा सूक्ष्ण एवं क्षेत्र विशेष मुद्दाहरूमाथि ध्यानकेन्द्रित गरेको छ। पार्टी सूत्रानुसार यसपालि राज्यव्यापी ठूला मुद्दाहरूसम्म मात्र सीमित नरहेर भिन्न-भिन्न क्षेत्रको स्थानीय समस्या अनि अपेक्षाहरूलाई प्रमुखता दिइनेछ।
पार्टीको राज्य समितिका एकजना सदस्य जो घोषणा पत्र तयार गर्ने प्रक्रियामा सक्रिय रूपमा सामेल छन्,-ले बताए, वर्तमान जटिल राजनीतिक परिस्थितिमा केही व्यापक मुद्दाहरू यस्ता छन् जुन राज्यभरि नै समान रूपमा लागू हुन्छ, तर यो सँगसँगै धेरै वटा क्षेत्रहरू यस्ता पनि छन् जहाँ विशिष्ट स्थानीय समस्याहरू व्याप्त छन्। त्यसैले यसपालिको घोषणा पत्रमा सूक्ष्म स्तरका क्षेत्रीय मुद्दाहरूलाई रेखांकित गर्ने अनि त्यसको समाधानकोक स्पष्ट खाका प्रस्तुत गर्ने रणनीति अप्नाइँदैछ।
सूत्र अनुसार पार्टीले उत्तर बंगालका आठ वटा जिल्लाहरू क्रमैले कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर, जलपाईगुड़ी, अलिपुरद्वार, दार्जीलिङ, कालेबुङ औ मालदाका लागि एउटा भिन्नै लघु घोषणा पत्र जारी गर्ने तयारी गरेको छ। राज्यव्यापी मुख्य औ विस्तृत घोषणा पत्र अतिरिक्त यो विशेष घोषणा पत्र केवल उत्तर बंगालका आवश्यकता अनि अपेक्षाहरूमाथि केन्द्रित हुनेछ।
विधानसभामा भाजपा विधायक दलका मुख्य सचेतक औ सिलगढ़ी विधानसभा क्षेत्रबाट विधायक शंकर घोषले भने, उत्तर बंगालको लागि भिन्नै घोषणा पत्र बनाउने योजना त्यहाँका मानिसहरूको आवश्यकता, माग अनि आकांक्षाहरूलाई ध्यानमा राखेर बनाइँदैछ। उनले बताए, पार्टीले अहिलेघरि “संकल्प पत्र परामर्श यात्रा” कार्यक्रम संचालन गरिरहेको छ जसान्तर्गत राज्यका विभिन्न स्थानहरूमा मतदाताहरूको सुझाउ प्राप्त गर्नको लागि ड्प बक्स राखिएको छ। उत्तर बंगालबाट प्राप्त महत्वपूर्ण सुझाउहरूको आधारमै त्यहाँको लागि पृथक घोषणा पत्र ल्याने योजनामाथि काम भइरहेको छ।
राजनीतिक विश्लेषकहरूको मान्यता छ, उत्तर बंगालको लागि अलग्गै घोषणा पत्र बनाउने रणनीतिको पछाड़ि चुनावी गणितले पनि महत्वपूर्ण भूमिका निभाइरहेको छ। दक्षिण बंगालमा तृणमूल कंग्रेसको प्रभाव अपेक्षाकृत अधिक भइरहेको छ भने अर्कोतिर उत्तर बंगालमा भाजपालाई पूर्वमा उल्लेखनीय सफलता हात लागेको थियो। पछिल्लो वर्ष 2021- को विधानसभा चुनाउमा तृणमूल कंग्रेसले अधिकांश जिल्लाहरूमा बढ़त बनाएको थियो, तर उत्तर बंगालमा भाजपाले 54 मध्ये 30 विधानसभा सीट जितेर आफ्नो वर्चस्व कायम राखेको थियो।
विश्लेषकहरू अनुसार आगामी चुनाउमा उत्तर बंगालमा आफ्नो बढ़तलाई कायम राख्नु भाजपाको लागि रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएको छ। यस स्थितिमा क्षेत्र विशेषका मुद्दाहरूलाई भिन्नै रूपमा रेखांकित गर्ने तथा स्थानीय अपेक्षाहरूलाई सम्बोधन गर्ने यो पहललाई पार्टीको चुनावी रणनीतिको अहम भाग मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा