
गान्तोक, 15 फरवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज माइनिङ क्रिकेट ग्राउण्डमा चलिरहेको अन्तर विभागीय क्रिकेट टुर्नामेन्ट अवलोकन गरे। उनले उर्जा विभाग र वाणिज्य एवं उद्योग विभागबीच रोमाञ्चक खेल हेर्न पाएकोमा खुशी व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा अन्तर-विभागीय क्रिकेट प्रतियोगिताको क्रममा विद्युत विभाग र वाणिज्य एवं उद्योग विभागबीच रोमाञ्चक खेल हेर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले वाणिज्य एवं उद्योग विभागलाई जितको लागि बधाई दिॅंदै विद्युत विभागलाई उनीहरूको प्रशंसनीय प्रयास र उत्साहजनक प्रदर्शनको सराहना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल