
पूर्व मेदिनीपुर, 24 फरवरी (हि. स.)। जिल्लाको समुद्रतटीय पर्यटन केन्द्र दिघास्थित जगन्नाथ मन्दिरमा यस वर्ष दोल उत्सव पहिलो पटक मनाइनेछ। मन्दिर उद्घाटन भएपछि यो पहिलो दोल पर्व भएको कारणले श्रद्धालु तथा पर्यटकहरूको ठूलो संख्यामा आगमन हुने आशा व्यक्त गरिँदैछ। मन्दिर प्रशासनसँगसँगै होटल व्यवसायीहरू पनि यसलाई लिएर उत्साहित भएका छन्।
दोलको अवसरमा भगवान जगन्नाथ, बलराम औ सुभद्राको नयाँ वस्त्र र पुष्पहरूले विशेष श्रृङ्गार गरिन्छ। प्रतिमाहरूलाई अबीरले सजाउनको साथै अपरान्हपछि विशेष अभिषेक र साँंझ विशेष पूजा उपरान्त भोग अर्पण गरिन्छ।
मन्दिर ट्रष्ट कमिटीका सदस्य तथा इस्कन कोलकाताका उपाध्यक्ष राधारमण दासले बताए, दोल पर्वको लागि विशेष पूजा र भोगको व्यवस्था गरिँदैछ। उनले भने, हरेक वर्ष ठूलो संख्यामा देश-विदेशका श्रद्धालुहरू मायापुरमा आउने गर्दछन् भने यसपालि दिघाको जगन्नाथ मन्दिरलाई लिएर विदेशी भक्तहरूमा पनि उत्साह देखिँदैछ। अहिलेसम्ममा 15 हजारभन्दा अधिक पर्यटकहरूले मन्दिरको दर्शन गरिसकेका छन्।
मायापुरदेखि दीघाबीच बस सेवा शुरू भएकोले आवागमन सहज भएको छ जसबाट मायापुर आउने विदेशी श्रद्धालुहरू पनि दिघा आइपुग्ने सम्भावना प्रबल छ।
दिघा-शंकरपुर होटलियर्स एसोसिएशनका संयुक्त सचिव विप्रदास चक्रवर्तीले बुधवार बिहान बताए, दोलको छुट्टीलाई मध्यनजर गर्दै अग्रिम बुकिंगमा तीव्रता आएको छ भने अधिकांश होटलहरूको 40-50 प्रतिशत कोठा पहिलाबाटै बुक भइसकेको छ। यता न्यू दिघा होटलियर्स एसोसिएशन अनुसार न्यू दिघा क्षेत्रमा अहिलेसम्ममा 25-30 प्रतिशत अग्रिम बुकिंग दर्ता गरिएको छ तथा स्पट बुकिंग राम्रो हुने आशा छ।
दिघा-शंकरपुर विकास परिषदका प्रशासक सुरजित पण्डितले भने, सम्भावित भीड़लाई मध्यनजर गर्दै पर्यटकहरूको सुविधा अनि सुरक्षाको लागि आवश्यक व्यवस्था गरिँदैछ ताकि उत्सव अवधि कुनै पनि प्रकारको असुविधा नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा