राज्यपाललाई होली उत्सवको निमन्त्रणा
राज्यपाललाई होली उत्सवको निमन्त्रणा


गान्तोक, 15 फरवरी (हि.स.)। गान्तोकका विधायक एवं होली समारोह समितिका मुख्य संरक्षक दिले नामग्याल बर्फुङ्पाको अगुवाईमा समितिका पदाधिकारीहरू र मारवाड़ी समाजका अध्यक्ष सज्जन कुमार अग्रवाल एवं कार्यकारी सदस्यहरूले आज राज्यपाल ओमप्रकाश माथुरलाई लोकभवनमा शिष्टाचार भेट गरे।

यस अवसरमा प्रतिनिधिमण्डलले राज्यपाललाई आगामी होली उत्सवमा सम्मिलित बन्न आमन्त्रित गऱ्यो। होली उत्सव आगामी 4 मार्च, 2026 का दिन राजधानीको एमजी मार्गमा आयोजित गरिने लोकभवनले बताएको छ।

राज्यपालले आमन्त्रणलाई स्वीकार गर्दै यस सांस्कृतिक उत्सवको सफलताका लागि शुभकामना व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande