पश्चिम बंगाल विधानसभा चुनाउ: वाम मोर्चा र आईएसएफबीच सीट बाँड़फाँड़लाई लिएर सहमति हुन सकेको छैन
पश्चिम बंगाल विधानसभा चुनाउ: वाम मोर्चा र आईएसएफबीच सीट बाँड़फाँड़लाई लिएर सहमति हुन सकेको छैन


कोलकाता, 25 फरवरी (हि.स.)। पश्चिम बंगालमा यस वर्ष 2026-मा प्रस्तावित विधानसभा चुनाउपूर्व वाम मोर्चा र अखिल भारतीय सेक्युलर फ्रण्ट (आईएसएफ)-माझ सीट बाँड़फाँड़लाई लिएर सहमति कायम हुन सकेको छैन। गए मंगलवार साँझसम्म मार्क्सवादी कम्युनिस्ट पार्टी एवं आईएसएफबीच द्विपक्षीय बैठक भयो, तर बैठकमा अन्तिम सम्झौता भने हुन सकेन।

बैठकमा पश्चिम बंगाल विधानसभामा आईएसएफका एकमात्र विधायक नौशाद सिद्दीकी, वाम मोर्चाका राज्य अध्यक्ष बिमान बोस तथा मार्क्सवादी कम्युनिस्ट पार्टीका पोलित ब्यूरो सदस्य औ राज्य सचिव मोहम्मद सलिम बाहेक अन्य नेताहरू पनि उपस्थित थिए। यिनीहरूमध्ये एकजनाले बुधवार बताए, सीटहरूको संख्यालाई लिएर मतभेद यथावत छ। अखिल भारतीय सेक्युलर फ्रण्टले 45 वटा सीट मागिरहेको छ भने वाम मोर्चा उसलाई 30 वटा मात्र दिने पक्षमा छ।

बैठकपछि नौशाद सिद्दीकीले भने, यस विषयमा बुधवार फेरि चर्चा हुनेछ र आशा छ अन्ततः सौहार्दपूर्ण सम्झौता हुनेछ।

यसबीच मार्क्सवादी कम्युनिस्ट पार्टीको केन्द्रिय समितिका एकजना सदस्यले बताए, वाम मोर्चाभित्र पनि सहमति हुन सहज छैन। अखिल भारतीय फरवर्ड ब्लक पनि धेरैवटा सीटहरूको माग गरिरहेको छ विशेष गरी यस्तो अवस्थामा जतिबेला कंग्रेस पहिला नै वाम मोर्चादेखि सीट बाँड़फाँड़कै कारणले अलग्गिने निर्णय लिसकेको छ।

सूत्रको भनाइ छ, यदि अखिल भारतीय सेक्युलर फ्रण्ट र फरवर्ड ब्लक दुवैको मागलाई स्वीकार गरियो भने मार्क्सवादी कम्युनिस्ट पार्टीले आफ्नो भागका सीटहरूलाई कटौती गर्नुपर्नेछ। सँगसँगै भारतीय कम्युनिस्ट पार्टी र रिभोल्युशनरी सोशलिस्ट पार्टी जस्ता अन्य सहयोगी दलहरूको मागलाई पनि ध्यानमा राख्नुपर्छ।

अर्कोतिर अखिल भारतीय सेक्युलर फ्रण्टको तर्क छ, यसपालि सीट बाँड़फाँड़मा कंग्रेस सामेल नरहेकोले वाम मोर्चालााई 40 वटा सीट दिनमा कुनै अप्ठ्यारो नपर्नुपर्ने हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande