
मालदा, 25 फरवरी (हि.स.)। मालदाको चाँचल सुपर स्पेशियलिटी अस्पतालमा बुधवार बिहान प्रसुताको मृत्यु भएपछि अस्पताल परिसरमा तनाउपूर्ण वातावरण सृजना भएको छ। रोगीका आफन्तहरूले चिकित्सामा लापरवाही भएको आरोप लगाए।
अपस्ताल सूत्र मुताविक मृत प्रसुताको नाम सलमा सुल्ताना (27) हो जो रतुआ एक नम्बर ब्लकको मालोपाड़ा क्षेत्र निवासी थिइन्। सुल्तानालाई तीन दिनअघि प्रसव पीड़ाको कारण अस्पतालमा भर्ती गरिएको थियो। समय बितिसक्दा पनि डिलीभरी नभएको कारण परिवार चिन्तित थियो।
परिवारजनले आरोप लगाए, घटनास्थलमा उपस्थित चिकित्सकहरूसित कैयौं पटक सिजेरियन गराउने आग्रह गरियो, तर कसैले ध्यान दिएनन्।आरोप छ, सिजेरियन नभएको कारण सलमाको मृत्यु भएको हो।
मृतकाका पिताले आरोप लगाए, चिकित्सकहरूसित कैयौं पटक सिजेरियन गराउन भनियो, तर उनीहरूले ध्यानै दिएनन्। यदि चिकित्सकहरूले ध्यान दिएका भए आज यो अवस्था देख्न पाइँदैनथ्यो। जिल्लाका स्वास्थ्य अधिकारीहरूले मामिलाको गम्भीरता पूर्णक जाँच गर्ने भरोसा दिलाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा