
सोरेङ, 15 फरवरी (हि.स.)। सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले सिङलिङमा नवनिर्मित सीएससी मण्डपको उद्घाटन गरे। सामाजिक कल्याण विभाग अन्तर्गत निर्मित निर्मित यो परियोजना भारत सरकारको अल्पसंख्यक मामिला मन्त्रालयद्वारा 2021-22 अनुमोदन भएको थियो।
सीएससी मण्डपमा मल्टी परपोज हल, कार्यालयका लागि ठाउॅं, भान्साकोठा, ग्रीन रूम, भोजनालय, अतिथि कक्ष, भीआईपी लाउञ्ज र आधुनिक स्वच्छता सुविधाहरू समावेश छन्। यस अतिरिक्त, पार्किङ, बाहिरी शौचालय सुविधा र बाउण्ड्री हाल फेन्सिङ जस्ता सहायक कार्यहरूले कार्यक्षमता र सौन्दर्य दुवैलाई बढावा दिएको बताइएको छ।
विधायक गोलेले सिङलिङमा फुटसल एरिनाको पनि उद्घाटन गरे। यो परियोजना सीमा क्षेत्र विकास योजना, अहिले भाइब्रेन्ट भिलेज प्रोग्राम अन्तर्गत वित्त पोषित भएको बताइएको छ। फुटसल सुविधा ग्रामीण विकास विभाग, सोरेङ द्वारा कार्यान्वयन गरिएको थियो भने यसको सञ्चालन र मर्मतसम्भार औपचारिक रूपमा सिङलिङ स्पोर्टिङ क्लबलाई हस्तान्तरण गरिएको छ।
यस क्षेत्रलाई एक व्यापक खेलकुद केन्द्रको रूपमा विस्तार गर्ने परिकल्पना गरिएको छ। भविष्यका विकासहरूमा भलिबल कोर्ट, समर्पित खेलकुद मैदान, क्रिकेट सुविधाहरू, पार्किङ स्थलहरू र समाजका सबै वर्गहरूलाई फाइदा पुर्याउन तयार गरिएका अन्य खेलकुद-उन्मुख सुविधाहरू रहने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल