तिब्बती सेटलमेन्ट प्रतिनिधिमण्डलद्वारा राज्यपालसॅंग शिष्टाचार भेट
तिब्बती सेटलमेन्ट प्रतिनिधिमण्डलद्वारा राज्यपालसॅंग शिष्टाचार भेट


गान्तोक, 15 फरवरी (हि.स.)। तिब्बती सेटलमेन्ट अफिसर जिम्बा पिन्चो भोटिया एवं कार्यकारी सदस्यहरूले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई लोकभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा प्रतिनिधिमण्डलले राज्यपाललाई लोसारको हार्दिक शुभकामना व्यक्त गरे। उक्त जानकारी आज लोकभवनले दिएको छ।

राज्यपालले पनि उनीलगायत सम्पूर्ण समुदायलाई शुभकामना दिए। भेटको क्रममा राज्यपालले तिब्बती समुदायको गतिविधि, सामाजिक कार्य र अन्य व्यवस्थाहरूको सम्बन्धमा जानकारी प्राप्त गरे। अधिकारीहरूले आफ्ना कार्यहरूको रूपरेखा प्रस्तुत गर्दै समुदायको प्रगति र योजनाहरूको बारेमा जानकारी गराए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande