
नयाँ दिल्ली, 26 फरवरी (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार चाँदनी चौकमा ओभरहेड बिजुलीका तारहरूलाई भूमिगत बनाउने परियोजनाको शुभारम्भ गरिने। उनले भनिन्, आज दिल्लीले आफ्नो अतीतलाई नमन गर्दै भविष्यतर्फ एक मजबुत कदम बढ़ाएको छ।
मुख्यमन्त्रीले यहाँ पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्, चाँदनी चौकमा पछिल्लो लामो समयदेखिकै रहिआएको खतरनाक ओभरहेड बिजुलाका तारहरूको समस्या समाधान गरिँदैछ। यसान्तर्गत 28 प्रमुख सड़कहरूमा लगभग 160 करोड़ रुपियाँको लागतमा भूमिगत बिजुलीका तारहरू बिछ्याउने काम शुरू गरिएको छ। उनले भनिन्, हामीले बुनियादी ढाँचामा सुधार ल्याउन तथा दोकानदारहरू, स्ट्रीट भेण्डर एवं ग्राहकहरूलाई हुने समस्याहरूको हल गर्नको लागि पनि काम गरिरहेका छौं।
मुख्यमन्त्रीले भनिन्, चाँदनी चौक....शताब्दिऔंदेखि व्यापार अनि संस्कृतिको जीवन्त केन्द्र रहिआएको छ। यहाँका हवेलीहरूले इतिहासको गवाही दिन्छन् भने गल्लीहरूले हाम्रो धरोहरलाई सम्हालेका छन्। तर लामो समयदेखिको माथि झुण्डिरहेको बिजुलीका तारहरूले यसको सौन्दर्यलाई ढाक्दै आएका थिए भने सुरक्षाको लागि पनि चुनौती भएको थियो। उनले भनिन्, आज चाँदनी चौकमा बिजुलीका तारहरूलाई भूमिगत बनाउने परियोजनाको शुभारम्भ तकनिकी बदलाउ मात्र नभएर हाम्रो धरोहरलाई सुरक्षित, व्यवस्थित सुन्दर बनाउने संकल्प पनि हो।
मुख्यमन्त्रीले यहाँबाटै मंडोलीमा बीवाईपीएलको 66/11 केवी जीआईएस ग्रिड सब-स्टेशन औ शिवालिक द्वारका तथा गोयला खुर्दमा बीआरपीएलको चार यूटिलिटी-स्तरीय ब्याटरी ऊर्जा भण्डारण प्रणाली परियोजनाहरूको पनि शिलान्यास गरिन्। उनले भनिन्, यी पहलहरूबाट लाखौं परिवारहरूलाई निर्बाध बिजुली आपूर्ति सुनिश्चित हुनेछ।
मुख्यमन्त्रीले भनिन्, धरोहरको रक्षा अनि भविष्यको तयारी, दिल्ली यसै सन्तुलनलाई लिएर अगाड़ी बढ़िरहेको छ।
यस अवसरमा भारतीय जनता पार्टी (भाजपा) सांसद रामवीर सिंह बिधूड़ी, दिल्लीका शिक्षा मन्त्री आशिष सूद, पार्षद सुमन गुप्ता, जिल्ला अध्यक्ष अरविन्द गर्ग उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा