
कोकराझार (असम), 26 फरवरी (हि.स.)। फकिराग्राम भोजपुरिया समाजको पक्षबाट आगामी होली पर्वलाई लिएर एक महत्वपूर्ण आह्वान गरिएको छ। समाजले स्पष्ट पारेको छ, प्रत्येक वर्ष झैं यस वर्ष पनि पारम्परिक रूपमा होली गीत तथा होलिका दहनको आयोजन गरिनेछ। यो कार्यक्रम साधारण रूपमा, सामाजिक सौहार्द एवं सांस्कृतिक परम्पराहरूको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिँदैछ।
समाजका अध्यक्ष धनञ्जय शाह, सचिव अमित मिश्राले बताए, होली भारतीय संस्कृतिको एक प्रमुख पर्व हो जसले प्रेम, सद्भाव औ भाइचाराको सन्देश दिन्छ। यसै भावनालाई ध्यानमा राखेर यस वर्ष पनि सीमित तथा गरिमापूर्ण ढंगमा पारम्परिक होली गीतहरूको आयोजन एवं विदिवत होलिका दहन गरिनेछ। कार्यक्रममा क्षेत्रा नागरिकहरूको सहभागिता अपेक्षित छ ताकि आपसी एकता औ सामुदायिक सद्भावलाई अझ बढ़ी सुदृढ़ बनाउन सकियोस्।
विशेष कार्यक्रमका खबरहरूदेखि सतर्क रहने अपील-
फकिराग्राम भोजपुरिया समाजका अध्यक्षले यो पनि स्पष्ट पारेका छन्, यस वर्ष होलीको अवसरमा फकिराग्राममा कुनै पनि प्रकारको विशेष वा विराट सार्वजनिक कार्यक्रमको आयोजन समाजको पक्षबाट गरिनेछैन। यदि भविष्यमा कुनै विशेष कार्यक्रमको योजना बनाइयो भने त्यसको आधिकारिक सूचना समाजद्वारा स्वयं अधिकृत माध्यम एवं विश्वसनीय श्रोतहरूको माध्यमबाट सार्वजनिक गरिनेछ। साथै भने, यदि कुनै व्यक्तिले आफ्नो निजी स्वार्थवश “होली मिलन समारोह” वा अन्य कुनै विशेष कार्यक्रमको आयोजन गर्छ भने त्यस आयोजनसित समाजको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै किसिमको सम्बन्ध रहनेछैन।
समाजले आम मानिसहरूसित अपील गरेको छ, उनीहरूले कुनै पनि प्रकारको अपुष्ट, भ्रामक अथवा गैर-आधिकारिक सूचनामाथि विश्वास नगरून्, अधिकृत सूचनाहरूमाथि मात्र ध्यान दिउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा